News Portal

  • फरवार्ड माइक्रोफाइनान्सको ४२% लाभांश पारित

    आर्थीकसंसार संवाददाता२ माघ, २०७८
    ८७० पटक
    २ माघ, २०७८

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट अध्यक्षमा भगवती चौधरी सर्वसम्मत चयन भएकी छिन् । निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो ।
    पुस ३० गते सम्पन्न सभाले चौधरी सशित राजकुमारी तब्दार, आशुतोष शर्मा सापकोटा, केशवराज पौडेल, बलराम चौधरी र जगतजंग जिसीलाई सञ्चालकमा निर्वाचित गरेको थियो । सोही सभाले गत वर्षको मुनाफाबाट प्रस्तावित कुल ४२ प्रतिशत लाभांशको प्स्ताव पारित गरेको छ ।
    कम्पनीले यस वर्ष हाल कायम चुक्ता पुँजीको आधारमा ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी रू. ६२ करोड ५५ लाख १९ हजार छ ।
    सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पारित गरेको छ ।
    सभाले सञ्चालक निर्वाचन, लाभांश प्रस्तावलगायतका विशेष प्रस्तावसहित सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्