News Portal

  • कामना सेवा विकास बैंक उद्यमशीलता विकासबारे तालिम दिँदै

    आर्थीकसंसार संवाददाता२ माघ, २०७८
    ६३८ पटक
    २ माघ, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले अन्तरप्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवद्र्धनको लागि कार्यक्रमको सुरुवात गरेको छ । बैंकले जुममार्फत इन्टरप्रेनरसिप डेभलेपमेन्ट प्रोग्रामको सुरुवात गरेको हो ।
    माघ २ देखि ६ गतेसम्म अनलाइनमा सञ्चालन हुने कार्यक्रममा २५ जना विभिन्न क्षेत्रका उद्यमी र उद्यमी बन्न इच्छुकहरुले भाग लिएका छन् । उक्त कार्यक्रममा सहभागीहरुलाई उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा करसम्बन्धी जानकारी दिइनेछ ।
    यसमार्फत उनीहरुले समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप प्राप्त गर्न सक्नेछन् ।
    कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो । यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जा तथा लगानीका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन सहयोग पुर्याउने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्