काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकले सो निक्षेप खाता सार्वजनिक गरेको जनाएको छ ।
विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहनुभएका ग्राहक महानुभावहरुलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम प्रतिफल लिनुहुन बैंकले अनुरोध गरेको छ ।
गैरआवासीय नेपालीहरुले यस बैंकमा युएसडी, इयुआर, जिबिपि, एयुडी, सिएडी तथा जिपिवाइ मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपाली महानुभावहरुले अधिकतम ५.५% सम्मको वार्षिक ब्याजदर पाउनेछन् ।
हालसम्म बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
गैरआवासीय नेपालीको लागि बिओके एनआरएन निक्षेप खाता
आर्थीकसंसार संवाददाता२ माघ, २०७८
२ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने