आर्थीकसंसार संवाददाता२ माघ, २०७८
२ माघ, २०७८काठमाडौं । आइतबार नबिल बैंकको विभिन्न तीन वटा शाखा बन्द रहेका छन् । बैंकले आइतबार एक सूचना जारी गर्दै माघ २ गते न्यूरोड, महाराजगंज र हेटौंडा शाखा बन्द रहने जानकारी गराएको हो ।
बैंकले कोभिड–१९ को संक्रमण बढेसँगै केही शाखाहरु बन्द गर्ने भएको हो । तर अन्य शाखाहरु भने बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला हुने समेत बैंकले जनाएको छ ।
कोभिड–१९ प्रभावित क्षेत्रहरुका केही शाखाहरु बन्द रहन सक्ने वा स्थानीय अधिकारीहरुको निर्देशन अनुसार फरक समयमा खोल्न सक्नेसमेत बैंकले जानकारी गराएको छ ।