News Portal

  • समृद्धि फाइनान्सको २०औं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता३० पुष, २०७८
    ८९१ पटक
    ३० पुष, २०७८

    काठमाडौं । समृद्धि फाइनान्सको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सभा होटल अर्किड रिसोर्ट मकवानपुरमा सम्पन्न गरेको जनाएको छ ।
    सभाले आथिृक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
    त्यसैगरी सभाले यस कम्पनीलाई अन्य कुनै पनि बैंक विकास बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने अथावा प्राप्ति गर्न उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
    कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते एक दिन शेयरधनीदर्ता पुस्तिका बन्द गरेको थियो ।

    प्रतिकृया दिनुहोस्