काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपाललाई सहुलियत व्याजदरमा साढे ४६ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने निर्णय गरेको छ । जनवरी १२ मा बसेको कोषको कार्यकारी वोर्डको बैठकले नेपालले माग गरेअनुसार विस्तारित कर्जा सुविधा ९ईसीएफ० अन्तर्गत सो कर्जा उपलब्ध गराउने निर्णय गरेको हो ।
नेपाल सरकारले केही समयअघि ४० करोड अमेरिकी डलर ९प्रतिडलर ११८ रुपैयााको विनिमय दर अनुसार ४७ अर्ब २० करोड रुपैयाँ० ईसीएफ सुविधा उपलब्ध गराईदिन अनुरोध गरेको थियो । नेपाल सरकारको सो अनुरोध अनुसार आईएमएफले ३९ करोड ५९ लाख अमेरिकी डलर ९४६ अर्ब ७१ करोड रुपैयाँ० बराबरको कर्जा स्वीकृत गरेको हो ।
आईएमएफले आफ्ना सदस्य राष्ट्रहरुको लागि एसडीआर सुविधाको कोटा तय गर्ने गरेको छ । नेपालले प्राप्त गर्न लागेको सो ऋण सुविधा कोटाको १८० प्रतिशत हो ।
स्वीकृत कर्जा रकममध्ये ११० मिलियन डलर ९१२ अर्ब ९८ करोड रुपैयाँ० नेपालले तत्कालै पाउने छ । यो रकम बजेट फाइनान्सिङ सुविधाअन्तर्गत प्राप्त हुन लागेको हो । यो सुविधामा पाउने रकम सरकारले आवश्यक ठानेको क्षेत्रमा खर्च गर्न पाउने छ ।
बाँकी रहेको २८५।९ मिलियन डलर ९३३ अर्ब ७३ करोड रुपैयाँ० ३८ महिनाभित्रमा प्रयोग गर्न पाउने छ ।
आइएमएफबाट प्राप्त सहुलियतपूर्ण कर्जालाई नेपालको स्वास्थ्य र आर्थिक गतिविधिमा महामारीको प्रभाव कम गर्न, जोखिममा परेका समुहहरुलाई संरक्षण गर्न, समष्टिगत आर्थिक क्षेत्रको विकास गर्न र वित्तीय स्थायित्व कायम गर्नको लागि खर्च गर्न पाउने आईएमएफले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई साढे ४६ अर्ब ७१ करोड ऋण दिने
आर्थीकसंसार संवाददाता३० पुष, २०७८
३० पुष, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन