News Portal

  • साधारणसभाबाट अस्वीकृत, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्टबीचको मर्जर भाँडियो

    आर्थीकसंसार संवाददाता३० पुष, २०७८
    ७९९ पटक
    ३० पुष, २०७८

    काठमाडौं । हिमालयन बैंकको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव अस्वीकृत भएको छ । शेयरधनीहरु विचमा विवाद भए पछि मतदानबाटै मर्जरको विशेष प्रस्तावलाई ४२.२९ प्रतिशतले अस्वीकृत गरेर कर्मचारी सञ्चयकोषसँगको मिलेमतोमा अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भाडिएका हुन् ।
    हिमालयन बैंकले आज मर्जरको विशेष प्रस्ताव सहित २९औं वार्षिक साधारणसभा आयोजना गरेको थियो । बैंकका अध्यक्ष प्रचण्डबहदुर श्रेष्ठले स्वाप रेसियो नमिलेको भन्दै समर्थन नगरे पछि भोटिङको लागि आह्वान गरेका थिए । उनलाई कर्मचारी सञ्चयकोषले साथ दिएपछि मर्जरको विपक्षमा ४३.६३ प्रतिशत मत खसेको थियो ।
    मतदानका क्रममा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २३ हजार ४१० आएकोमा मर्जरको पक्षमा ४३.६३ प्रतिशत भोट खसेको थियो भने विपक्षमा ४२.२९ प्रतिशत मात्रै खसेको थियो । अध्यक्ष श्रेष्ठले आफ्नो हातमा ३६ प्रतिशत भन्दा माथिको एक ढिक्का शेयर रहेको भन्दै अहिलेलाई मर्जर प्रक्रिया अगाडि बढ्न नसक्ने भन्दै निर्णय सुनाएका थिए । यससँगै अहिलेलाई मर्जर रोकिएको छ । साधारणसभामा भएको चर्काचर्कीकै बीचमा पनि मर्जर भाडिएको छ । सर्वसाधारण शेयरधनीहरुले मर्जरलाई सफल बनाउनुपर्ने भन्दै सञ्चालकलाई दबाब दिएका थिए । हिजोका दिनमा स्वाप रेसियोमा दुबै बैंक बीचमा सहमति जुटिसकेको थियो । बैंकका सञ्चालक सुनिलबहादुर थापाले मर्जरलाई आफु खुसी नभाँड्न चेतावनी दिए पनि अध्यक्ष श्रेष्ठले जवरजस्ती मर्जरलाई भाडेका हुन् । श्रेष्ठले यस अगाडि नै मर्जर भाँड्न खोजेका थिए । तर नेपाल राष्ट्र बैंकले लाभांश नै रोकिदिएपछि बैंकले साधारणसभाको विशेष प्रस्तावसहित आज साधारणसभा बोलाएको थियो । उनले साधारणसभाबाटै अस्वीकृत गराउन कर्मचारी सञ्चयकोषलाई हाता लिएर भाड्न सफल भएका हुन् । शेयरधनीहरुले कर्मचारीको व्यवसायिकतालाई लिएर प्रश्न समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्