काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्ससँग सम्झौता गरेको छ ।
बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिटान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत साधु राम खड्काले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।
अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिटान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २७ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।
यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजनाअन्तर्गत ११.३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।
यस बैंकले कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच सम्झौता
आर्थीकसंसार संवाददाता३० पुष, २०७८
३० पुष, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट