News Portal

  • नेपाल इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ता तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पुष, २०७८
    १०८९ पटक
    २९ पुष, २०७८

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्तासम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ । कम्पनीले पौष २७ गतेदेखि २९ गतेसम्म उक्त तालिम सञ्चालन गरेको हो ।
    बीमा समितिका प्रतिनिधि बिनोदकुमार पोखरेलको आतिथ्यमा कन्चनपुर जिल्लास्थित महेन्द्रनगरमा तालिम सम्पन्न भएको हो । उक्त क्षति मूल्याङ्कनकर्ताको तालिम कार्यक्रममा दार्चुला, बैतडी, डडेलधुरा र कन्चनपुर जिल्लाका प्रतिनिधि एवम् स्थानीय व्यक्ति तथा निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा सहभागीहरुलाई तालिम कार्यक्रमका संयोजक हरिहरमानसिंह बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रम सञ्चालन महेन्द्रनगर शाखाका शाखा प्रबन्धक राजेन्द्र बिष्टले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्