News Portal

  • मुक्तिनाथ विकास बैंकको क्रमिक बचत खाता सञ्चालन

    आर्थीकसंसार संवाददाता२९ पुष, २०७८
    ५९९ पटक
    २९ पुष, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो ।
    उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ वर्ष देखी १० वर्ष अवधिसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
    साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुनः सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने ब्यहोरा बैंकले जनाएको छ ।
    यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्