News Portal

  • लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पुष, २०७८
    ९९३ पटक
    २९ पुष, २०७८

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खांदवारीमा यही पौष २० गतेदेखि ३ दिनसम्म ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न गरेको छ ।
    सो तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेकोमा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गर्नुभएको थियो । तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेललगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्