News Portal

  • सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्री गर्दै

    आर्थीकसंसार संवाददाता२८ पुष, २०७८
    ९३६ पटक
    २८ पुष, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बुधवार सूचना जारी गरी कम्पनीका संस्थापक शेयरधनी रुपेश थापाको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जानकारी गराएको हो ।
    नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्रथामिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा पुग्ने गरी निवेदन गर्न भनेको छ ।
    उक्त समयभित्रमा आवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्