काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा २०७८ साल पुष २६ गते सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ ।
महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुरपश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।
यस शाखा समेत हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४८ र ५,००० भन्दा बढी पीओएस टर्मिनल्स संख्या पुगेको कुरा बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हिमालयन बैंकको कञ्चनपुरमा नयाँ शाखा विस्तार
आर्थीकसंसार संवाददाता२७ पुष, २०७८
२७ पुष, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन