News Portal

  • निर्धन उत्थान लघुवित्तको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ पुष, २०७८
    ८७३ पटक
    २६ पुष, २०७८

    काठमाडौं । निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औं साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
    सभाले हाल कायम चुक्ता पुँजीको २९ दशमलव ५ प्रतिशतका दरले बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण, हिसाव, नगद प्रवाह, वासलात, नाफा नोक्सानलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको छ ।
    सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका सदस्यको मनोनयन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्