News Portal

  • मुक्तिनाथ विकास बैंकको डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता२६ पुष, २०७८
    ११२९ पटक
    २६ पुष, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले फरक तरिकाले डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सवारी साधनको प्रयोग गरेर नविन रुपमा कार्यक्रम गरेको जनाएको छ ।
    बैंकले ‘स्मार्ट बनौैं, डिजिटल बैंकिङ्ग रोजौं’ भन्ने नारासहितको सवारी रोडमा चलाएको थियो । यसमा सवारी गरेका युवाहरुले डिजिटल बैंकिङ्ग साक्षरताको पर्चा वितरण गर्दै डिजिटल बैंकिङ्गको विभिन्न सुविधाबारे जनतालाई जानकारी गराउँदै थिए ।
    यस अभियानबाट स्थानीय तहमै डिजिटल बैंकिङ्ग प्रविधि, सेवा सुविधालगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी तथा चेतना पहुँच पुर्याउने उद्दश्य बैंकले लिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्