News Portal

  • सांग्रिला बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२६ पुष, २०७८
    ९८९ पटक
    २६ पुष, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । सोमबार बैंक र रिसोर्टबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
    उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र आगन्तुक रिसोर्टका तर्फबाट उक्त कम्पनीका सञ्चालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौतापत्र अनुसार अब सांग्रिला बैंकका कर्मचारी तथा ग्राहकहरुले आगन्तुक रिसोर्टबाट प्राप्त हुने सेवामध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग वा क्युआर कोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्