News Portal

  • हिमालयन बैंक लि. गल्फ प्रतियोगिता २०२२ सम्पन्न

    आर्थीकसंसार संवाददाता२५ पुष, २०७८
    ९२७ पटक
    २५ पुष, २०७८

    काठमाडौं । हिमालयन बैंक लि. गल्फ प्रतियोगिता–२०२२ हालै रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७८ साल पौष २३ देखि २४ गतेसम्म सु–सम्पन्न भएको छ । स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा एआइजी. हरिबहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल हुनुभएको छ भने ३७ अंकका साथ मेजर जेनेरल विजय मोक्तनले दोस्रो पुरस्कार हात पार्न सफल हुनुभएको छ ।
    यसैगरी महिला तर्फबाट श्रीमती तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम हुनुभएको छ भने सिनियर तर्फको उपाधि मेजर जनरल कमलसिंह प्रधानले ३४ अंकसहित जित्न सफल हुनुभएको छ । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल हुनुभएको छ ।
    यसरी नै पुरुष जुनियर तर्फबाट टासी शेर्पाले २५ अंकका साथ विजयी हुन सफल हुनुहुँदा महिला जुनियरको उपाधि सुश्री अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल हुनुभएको छ । यसैगरी जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आचार्यले जित्नु हुँदा जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जिते ।
    बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो । पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत त्था सञ्चालक विजयबहादुर श्रेष्ठले बैंकले विगतदेखि नै देशमा गल्फलगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताउनुभएको थियो ।
    उक्त प्रतियोगितामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा, महाप्रबन्धक अनुप मास्केलगायत अन्य वरिष्ठ पदाधिकारीहरुसहित समाजका प्रतिष्ठित व्यक्तित्वहरु र प्रतिष्ठित व्यवसायिक छवि भएका व्यक्तिहरुको उपस्थिति रहेको समेत बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्