News Portal

  • मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्डद्वारा सम्मानित

    आर्थीकसंसार संवाददाता२५ पुष, २०७८
    ११५४ पटक
    २५ पुष, २०७८

    काठमाडौं । मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड–२०२१ बाट सम्मानित भएकी छिन् । काठमाडौंमा विशेष समारोहका बीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२१’ मा सिइओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड–२०२१’ प्रदान गरिएको हो ।
    प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सीईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो ।
    अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले आयोजकहरुलाई धन्यवाद दिँदै अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताइन् । साथै, सीइओ खुञ्जेलीले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जानेसमेत बताएकी छिन् ।
    खुञ्जेली नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सीईओ हुन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । स्थापनाको एक दशकमै मेगा बैंक अहिले नेपालकै एक अग्रणी बैंकका रुपमा स्थापित छ ।
    सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गरेकी खुञ्जेलीसँग ३० बर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।

    प्रतिकृया दिनुहोस्