News Portal

  • महुली लघुवित्तको २६ प्रतिशत बोनश शेयर सहित एफपिओ जारी गर्ने प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता२५ पुष, २०७८
    ७२९ पटक
    २५ पुष, २०७८

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले साधारणसभामा २६ प्रतिशत बोनश शेयर पारित गरेको छ । साधारणसभामा प्रिमियममा एफपिओ जारी गर्ने विशेष प्रस्ताव स्वीकृति भएको छ ।
    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेकोछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्मको वासलात, २०७७ श्रावण एक गतेदेखि २०७८ असार मसान्तसम्मको नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । सभाले संस्थाको रिक्त रहेको सञ्चालक समितिमा भएको मनोनयन अनुमोदन गर्ने प्रस्तावसमेत पारित भएको छ ।
    सभामा अर्काे उपयुक्त वित्तीय संस्थालाई गाभ्ने वा संस्थासँग गाभिने प्रयोजनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पेश भएको छ ।

    प्रतिकृया दिनुहोस्