News Portal

  • छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता२५ पुष, २०७८
    ८४६ पटक
    २५ पुष, २०७८

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभा मकवानपुरको हेटौंडास्थित होटल सामनामा सम्पन्न भएको हो ।
    सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित भएको छ ।
    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष पेश गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।
    सभाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्