News Portal

  • देशभर थप ८ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७७
    ४९८ पटक
    १३ भदौ, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी जम्मा ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
    हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५ सय ५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेका छन् । जसमा होम आइसोलेसनमा ६ हजार ४ सय ४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १ सय ४५ जना रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा पीसीआर ११ हजार ५ सय १६ जनाको भएको छ भने क्वारेन्टिनमा हाल देशभर ८ हजार ३५ जना रहेका छन् ।
    यसैबीच नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेकोे छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको गौतमले जानकारी दिए ।
    मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए । यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।
    उपत्यकामा संक्रमित घटे, आज १८६ जनामा कोरोना पुष्टि
    शनिबार उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४ सय १५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो ।
    शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा गरी जम्मा १ सय ८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्