News Portal

  • बीओकेले हस्पिटालिटीको सेवामा १५ प्रतिशत छुट पाउने

    आर्थीकसंसार संवाददाता२३ पुष, २०७८
    ८०५ पटक
    २३ पुष, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा.लि.बीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।
    यस सम्झौतापश्चात ग्राहक महानुभावहरुले सेरेन हस्पिटालिटी सर्भिसेज प्रा.लि.मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
    उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सेरेन हस्पिटालिटीले काठमाडौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
    बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्