News Portal

  • सिटिजन लाइफको सीईओमा पुनः पोषकराज पौडेल नियुक्त

    आर्थीकसंसार संवाददाता२२ पुष, २०७८
    ८११ पटक
    २२ पुष, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोषकराज पौडेल नियुक्त भएका छन् । आगामी ४ वर्षको लागि बीमा समितिले पौडेललाई सीइओमा निरन्तरता दिन स्वीकृति दिएको हो ।
    सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस महिनादेखि सकिँदै छ । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकाले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको थियो ।
    पौडेलले गत २०७४ साल माघदेखि सिटिजन लाइफको सीईओको कार्यभार सम्हालेका हुन् ।

    प्रतिकृया दिनुहोस्