News Portal

  • प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण रावल नियुक्त

    आर्थीक संसार२१ पुष, २०७८
    ८७२ पटक
    २१ पुष, २०७८

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवणकुमार रावल नियुक्ति भएका छन् । पुस २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
    यससँगै नवनियुक्त सीईओ रावलले पुस २० गतेदेखि लागू हुने गरी सीईओको जिम्मेवारी सम्हालेका छन् । उनले आगामी ४ वर्षसम्म उक्त कार्यभार सम्हाल्ने छन् ।
    रावलले कार्तिक ४ गतेदेखि इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका थिए । त्योभन्दा अघि उनी सोही कम्पनीमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

    प्रतिकृया दिनुहोस्