News Portal

  • नेपाल एसबिआई बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

    शेयरधनीलाई चुक्ता पूँजीमा ५.३१% लाभांश (३.५०% बोनश तथा १.८१% नगद) वितरण गर्ने प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता२० पुष, २०७८
    ८४३ पटक
    २० पुष, २०७८

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका शेयरधनीहरुको २८औं वार्षिक साधारणसभा आज मिति २०७८ पौष २० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले बैंकको आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गर्यो ।
    सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पुँजीमा ५.३१ प्रतिशतका दरले लाभांश (३.५०% बोनश शेयर र १.८१% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।


    साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
    उक्त साधारणसभाले आ.व. २०७८/७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
    उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्