News Portal

  • नबिल बैंकले बझाङ र डडेल्धुराका युवालाई व्यवसाय गर्न कर्जा दिने

    आर्थीकसंसार संवाददाता१९ पुष, २०७८
    ९८० पटक
    १९ पुष, २०७८

    काठमाडौं । नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्गअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
    नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङ्गअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारीमार्फत उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न कर्जा उपलब्ध गराउने छ ।
    यस्तै बैंकले बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी आठ दिने तालिम कार्यक्रम सुरु भएको छ ।
    यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । यस कार्यक्रमले स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
    पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु पुस ११ देखि १८ सम्म संचालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागी भएका थिए । तालिममा ४०० जनाले आवेदन दिएका थिए ।

    प्रतिकृया दिनुहोस्