News Portal

  • ग्लोबल बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सञ्चालन

    आर्थीकसंसार संवाददाता१६ पुष, २०७८
    १०२२ पटक
    १६ पुष, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको सञ्चालन गरेको छ । बैंकले शुक्रबार पौष १६, २०७८ मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको सञ्चालन गरेको हो ।
    यस कार्यक्रमअन्तर्गत बैंकले प्रदेश नं. १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश नं. २ को लाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडौं, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पौष १६ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
    देशभर आयोेजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगत दान गरिएको बैंकले जानकारी दिएको छ । यसअघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निःशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।
    बैंकको १५औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । ग्लोबल आइएमई बैंक यही पौष १८ गते आइतबारदेखि स्थापनाको १५ वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गर्दैछ ।

    प्रतिकृया दिनुहोस्