काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो इ–बैंकिङ्ग नयाँ वर्ष धमाका योजना ल्याएको छ । नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ्ग मार्फत कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्ने छन् । त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन रु. १०० क्यासब्याक पनि प्राप्त गर्न सक्ने छन् ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो इ–बैकिङ्ग प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ । यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुने बैंकले जनाएको छ ।
सानिमा बैंकको देशभर ११९ वटा कार्यालय र ९७ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सानिमाले ल्यायो सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना
आर्थीकसंसार संवाददाता१५ पुष, २०७८
१५ पुष, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने