News Portal

  • सिटिजन्स बैंक शाखारहित बैंकिङ्ग सेवा नवलपरासीमा

    आर्थीकसंसार संवाददाता१२ पुष, २०७८
    ६७० पटक
    १२ पुष, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपरासीमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
    बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको जर्गाहामा यहि ८९औं शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्य व्यवसायिक प्रतिनिधि नियुक्त भएका छन् ।
    उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८९ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्