News Portal

  • एनबी बैंकको डेपुटी सीईओमा पाण्डे नियुक्त

    आर्थीकसंसार संवाददाता१२ पुष, २०७८
    ८९१ पटक
    १२ पुष, २०७८

    काठमाडौं । नेपाल बंगलादेश बैंकको सिनियर डेपुटी सीईओमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् ।
    पाण्डेलाई सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ १ गतेदेखि लागु हुने गरी बैंकको सिनियर डेपुटी सीईओ रहनेछन् ।
    उनी हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओका रुपमा कार्यरत छन् । यस्तै उनले यसअघि राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सिइओ भएर काम गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्