News Portal

  • सिभिल बैंकको एजिएम पुस ३० गते हुने

    आर्थीकसंसार संवाददाता९ पुष, २०७८
    ५३७ पटक
    ९ पुष, २०७८

    काठमाडौं । सिभिल बैंकले पुस ३० गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले उक्त सभा बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा गर्ने जनाएको छ । बैंकको पुस ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
    बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश गरी कुल ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
    सभामा बैंकले सञ्चालक समितिको प्रतिवेदन २०७७÷७८ पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यसैगरी सभाले आथिृक वर्ष २०७८/७९ (२०२१/२२) को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पेश हुने छ । त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग एक आपसमा गाभ्न गाभिन (मर्जर गर्न वा प्राप्ति गर्न) कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
    सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामकबाट थप संशोधनको लागि निर्देशन भई आएमा सोको अख्तियारी सञ्चालक समितिलाई दिनेलगायतका प्रस्ताव पारित हुनेछन् ।
    बैंकले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्