News Portal

  • कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

    आर्थीकसंसार संवाददाता८ पुष, २०७८
    १०१९ पटक
    ८ पुष, २०७८

    काठमाडौं । कृषि विकास बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान भक्तपुरको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा आफ्नो १५औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
    बैंकले सभामा विभिन्न प्रस्तावहरुले लैजाँदै छ । जसमध्ये सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गर्दै छ ।
    सभामा जाने प्रयोजनको लागि बैंकले आगामी पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १५ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

    प्रतिकृया दिनुहोस्