News Portal

  • आइएमईले ल्यायो अंग्रेजी नयाँ वर्षमा उपहार, जितौं हजारौंहजार

    आर्थीकसंसार संवाददाता८ पुष, २०७८
    ७३४ पटक
    ८ पुष, २०७८

    काठमाडौं । आइएमई नयाँ वर्षको उपहार, जितौं हजारौंहजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ ।
    स्किमअनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत ४ देशहरुवाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. १० हजार उपहार स्वरूप प्राप्त गर्नुहुनेछ । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।
    कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउनुहुनेछ । उक्त योजना २३ डिसेम्बर २०२१ देखि ४ फेबुअरी २०२२ (८ पुष देखि २१ माघ २०७८) सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुनेछ ।
    विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ भने सोसम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम सञ्चारमाध्यम मार्फत सार्वजनिक गरिनेछ ।
    आइएमई लिमिटेडका बारेमाः
    आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्