News Portal

  • प्राइम बैंकको सभाले लाभांश पारित गर्यो

    सञ्चालकमा श्रेष्ठ निर्विरोध

    आर्थीकसंसार संवाददाता६ पुष, २०७८
    ७९९ पटक
    ६ पुष, २०७८

    काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रस्तावित १६.६३१३ प्रतिशत लाभांश पारित भएको छ । पुस ६ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
    यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७.७८ को नाफाबाट सो मात्राको लाभांश पाउने छन् ।
    साथै, सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद–१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक बिष्ट यसअघि पनि बैंकको सञ्चालक थिए ।
    अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै सेयरधनीलाई यथोचित र समयसापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्