काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । सभा बन्दिपुर माउन्टेन रिसोर्टमा सम्पन्न भएको हो । सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट समितिका अध्यक्षले पेस गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ ।
त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/७९ को बाह्य लेखापरीक्षण कार्यको लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने, यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (ख) र (ग) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य ‘घ’ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने वा शाखा खरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरुप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार दिने लगायतका प्रस्ताव पारित गरेको छ ।
सबैको लघुवित्तको साधारण सभा सम्पन्न
३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
आर्थीकसंसार संवाददाता३ पुष, २०७८
३ पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक