News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्तावित १३.०६ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७८
    ११२२ पटक
    २९ मंसिर, २०७८

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रस्तावित १३.०६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २८ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद लाभांश पाउने भएका छन् । तर मंसिर ९ गतेसम्म कायम सेयरधनीले मात्रै सो मात्राको लाभांश पाउने छन् ।
    बैंकको साधारणसभा काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्