News Portal

  • मेगा बैंकले १२.०७ प्रतिशत लाभांश पारित गर्दै साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    ७४९ पटक
    २८ मंसिर, २०७८

    काठमाडौं । मेगा बैंकको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव ०७ प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ०७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
    त्यस्तै, सभाले बैंकले नया उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने, प्राप्ति गर्नेलगायतका निर्णय गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने तथा बैंकमा वैदेशिक रणनीतिक साझेदार भित्र्याउने विशेष प्रस्ताव पारित गरेको छ ।
    त्यसैगरी सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७७/७८ पारित गर्ने, मेगा बैंक नेपाल लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदनसहित बैंकको मिति २०७८ आषाढ ३१ गतेको एकीकृत वित्तीय अवस्थाको विवरण वासलात, मिति २०७७ श्रावण १ गते देखि मिति २०७८ आषाढ ३१ गतेसम्मको एकीकृत नाफा नोक्सान विवरण, एकीकृत अन्य विस्तृत आम्दानीको विवरण पारित गरेको छ ।
    साथै, सभाले एकीकृत नगद प्रवाह विवरण, एकीकृत इक्विटीमा भएको परिवर्तनको विवरण, प्रमुख लेखा नीतिहरू तथा लेखासम्बन्धी टिप्पणीहरू, वित्तीय विवरणको अनुसूचीहरू र उद्घोषण तथा अतिरिक्त विवरणहरू सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरणहरू सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लिमिटेड समेतको उपर छलफल गरी पारित गरेको छ ।
    सभामा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बैंकको लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्