News Portal

  • एनएमबिको भिडियो केवाईसीमार्फत खाता खोलेर कारोबार गर्दा छुट

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७८
    ८७६ पटक
    २७ मंसिर, २०७८

    काठमाडौं । ग्राहकहरुले एनएमबिको भिडियो केवाईसीमार्फत खाता खोलेर पहिलो कारोबार गर्दा २५ सयसम्म छुट पाउने भएका छन् ।
    यस योजनाअन्तर्गत एनएमबिका ग्राहकले ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट बैंकिङ्ग)मार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टप अपलगायतमा २,५०० वा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
    केही समय अघि एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो ।
    एनएमबि बैंक नेपालको मात्र होइन, एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भइसकेको छ । यसभन्दा अघि बैंकले २०१७, २०१८, २०२० मा पनि फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको छ ।
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

    प्रतिकृया दिनुहोस्