News Portal

  • युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम भैरहवा, दाङ र रौतहटमा सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७८
    १२९८ पटक
    २६ मंसिर, २०७८

    काठमाडौं । लुम्बिनी प्रदेशको विभिन्न ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । भैरहवा, दाङ र रौतहटमा उक्त कार्यक्रम सम्पन्न भएको हो । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई तीव्रता दिँदै आएको छ ।
    भैरहवा बहुमुखी क्याम्पसमा मंसिर २३ गते प्राध्यापक कृष्ण घिमिरेको अध्यक्षतामा संचालित कार्यक्रममा ८० जना स्नातक तहका विद्यार्थीको सहभागिता थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र मार्केटिङ चिफ प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए ।
    त्यसैगरी दाङ घोराहीका दुई छुट्टाछुट्टै कलेजमा बीमा जनचेतना कार्यक्रम संचालन भएको छ । अम्विकेश्वरी कलेजमा महालक्ष्मी लाईफका एजेन्सी मेनेजर लालचन्द्र बन्जाडेको अध्यक्षतामा संचालित कार्यक्रममा ५५ जना स्नातक तहका विद्यार्थीको सहभागिता रहेको थियो । ७० जना विद्यार्थी सहभागि भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र मार्केटिङ चिफ प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए
    यस्तै रौतहट जिल्लाको कार्यक्रममा ९० जना विद्यार्थीको सहभागिता रहेको थियो । कम्पनीका क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिनुभएको कार्यक्रममा अभियानका केन्द्रीय सदस्य रामाशंकर यादव र अन्य जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्