News Portal

  • सांग्रिला बैंकद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न र रकम

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७८
    १४३६ पटक
    २६ मंसिर, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाखुसीस्थित मानव सेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको छ ।
    बैंकले घरबारविहीन, सडक पेटीमा बस्ने व्यक्तिहरु तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई आवाससहितको सुविधा दिने उद्देश्यले ४ वर्ष अघि स्थापना भएको उक्त आश्रमलाई खाद्यान्न र रकम हस्तानतरण गरेको हो ।
    आइतबार कार्यक्रमकाबीच उक्त संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गरेका थिए ।
    सांग्रिला डेभलपमेन्ट बैकले देशभर रहेका आफ्ना १०४ शाखा कार्यालय मार्फत समयसमयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको व्यहोरासमेत अवगत गराएको छ ।

    प्रतिकृया दिनुहोस्