काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारणसभा गत शुक्रबार राजधानी काठमाडौंमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्रप्रसाद शर्माले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष चन्द्र टण्डनले राख्नुभएको थियो । त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
संघको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन सबैले सामुहिक प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाई पूर्णतः सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताउनुभयो ।
संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका महासचिव रितेश मित्तलले कोभिड–१९ का कारण नकारात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक वर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमा भने सुरुदेखि नै रेमिट्इान्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता व्यक्त गर्नुभयो । संघका कोषाध्यक्ष सञ्जय सिग्देलले संघको वार्षिक आर्थिक प्रतिवेदन गर्नुभएको थियो ।
संघको सम्पन्न १६औं वार्षिक साधारणसभाले नयाँ नेतृत्वमा चन्द्र टण्डन ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.) लाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव ( सूर्या रेमिट प्रा.लि.) ईन्द्रप्रसाद शर्मा कोषाध्यक्ष (आईपे रेमिट प्रा.लि.) तथा सचिवमा दिपेन्द्र खनाल ईजिलिङ्क रेमिट्यान्स प्रा.लि. चयन हुनुभएको छ । यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनि ट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल (जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक एटिटि रेमिट प्रा.लि.), चयन हुनुभएको छ ।
संघको विधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ (हिमालयन बैंक लि.) र रामेश्वर सापकोटा प्रभु मनि ट्रान्सफर प्रा.लि.) मनोनित हुनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दै विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दै लैजाने र सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको भूमिकाको स्मरण गर्दै उहाँको अथक मिहेनत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यवसायको क्षेत्र बनेको उल्लेख गर्नुभयो । त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलगायत यस क्षेत्रलाई योगदान पुर्याउने सम्पूर्ण अग्रजहरुको भूमिकालाई विशेष स्मरण गर्दै उहाँहरुको योगदानको उच्च कदर गर्नुभयो । सोही क्रममा उहाँले रेमिट्यान्स व्यवसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्री बनाउन आफू लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
नेपाल मुद्रा विप्रेषक संघले संघको १६औं वार्षिक साधारणसभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गर्नुभएका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।
नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभा सम्पन्न
चन्द्र टण्डनको नेतृत्वमा नयाँ कार्य समिति चयन
आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७८
२६ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफको बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने
- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण