News Portal

  • अशोक लेलैण्डको नगरपालिका तथा अस्पताललाई शव वाहन हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२६ मसिंर, २०७८
    ९३१ पटक
    २६ मसिंर, २०७८

    काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ ।
    कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कचंनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो ।
    “एक अस्पताल प्रमुखका अनुसार अहिले प्रयोग हुँदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको र यस महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएको हुँदा, प्रक्रिया अगाडि बढाएर अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन खरिद गरिएको हो । खरिद गरिएको शव वाहन अहिलेसम्मकै ठूलो र फराकिलो रहेको बताउनु भयो ।”
    आइएमई मोटर्सले शव वाहनसहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठुला कमर्सियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्