News Portal

  • किरेइ कस्मे जापानको अभिनेत्री स्वस्तिमा खड्काले गरिन् उद्घाटन

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७८
    ११९७ पटक
    २५ मंसिर, २०७८

    काठमाडौं । जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामाग्रीहरु काठमाडौंमा पनि उपलब्ध गराउने भएका छन् । विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका उत्पादनहरु नेपालमा पहिलोपटक उपलब्ध हुँदैछन् । महिलाहरुमा प्रायः बढी देखापर्ने डन्डिफोरलगायत अन्य समस्याहरुको लागि यो विश्वविख्यात नाम हो । मोमोतानी जुनतेन्कान ले १८८५ मा बिगन्सुइ नामको एक्ने केयर उत्पादनसँगै आफ्नो उत्पादनको सुरुवात गरेको थियो र पछि यसले अन्य स्किन केयर सामग्रीहरुको उत्पादन गर्न थालेको थियो । जापानकी साम्राज्ञीले समेत यही ब्राण्डको उत्पादनहरु प्रयोग गर्नुहुन्थ्यो । हाल मेशोकु र मोमोतानीका उत्पादनहरु विश्वका २५ देशमा बिक्री भइरहेका छन् । यसका उत्पादनहरुमा एक्नि केयर, स्किन केयर, मेक–अप र हेयर केयरहरु आदि छन् । यी सबै उत्पादनहरु जापानमै बनेका हुन् ।
    नेपालस्थित लाफिङ यति ट्रेडिङ प्रा.लि.ले यसलाई नेपालमा भित्र्याएको हो । लाफिङ यतिले नयाँँ बानेश्वर र पुल्चोकमा जापानिज भेराइटि स्टोर खाइमोनो र सिभिल मलमा टच–मी जापान पनि सञ्चालन गर्दै आइरहेको छ । खाइमोनोमा सम्पूर्ण घरायसी सामानहरु, सजावटका सामानहरु, जापानीज् सौन्दर्य प्रसाधनहरु र अन्य उपयोगी सामानहरु उपलब्ध छन् भने टच मीमा महिला पुरुष दुवैको लागि ब्रान्डेड ब्यागहरु उपलब्ध छन् । टच मीमा महिला तथा पुरुष दुवैको लागि अन्य एसेसरिज पनि चाँडै उपलब्ध हुनेछन् । यहाँँ पाइने सम्पूर्ण सामानहरु जापानमै त्यहीँको गुणस्तर मापदण्डअनुसार उत्पादित हुन्छन् । लाफिङ यति अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्दै त्यहाँको ज्ञान र अनुभव नेपालमा हस्तान्तरण गर्दै युवा सशक्तिकरण एवम् महिला सशक्तिकरणद्वारा नेपालमै सक्षम युवा नेतृत्व उत्पादन गर्ने अभिप्रायले नेपाली युवाद्वारा स्थापित कम्पनी हो । यसै कम्पनीले नयाँँ बानेश्वर, काठमाडौंमा किरेइ कस्मे जापानको नाममा आफ्नो पहिलो जापानिज् कस्मेटिक र स्किन केयर शोरुम पनि उद्घाटन गरेको छ । यसको उद्घाटनसँगै नेपाली महिलाहरुले विश्व–प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानिज उत्पादनहरु सहजै प्राप्त गर्न सक्नेछन् । नेपालमा मोमोतानी र मेशुकोका उत्पादनहरु किरेइ कस्मेले मात्र एक्स्क्लुजिव रुपमा बिक्री गर्नेछ । यसको स्टोर नयाँँ बानेश्वरस्थित काइमोनो जापानको शोरुमसँगै रहेको छ ।
    लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर शोरुमको उद्घाटन गरेकी थिइन् । उनले सोही शोरुममै उक्त २ ब्रान्डका उत्पादनहरु पनि लन्च गरेकी थिइन् । भिडियो म्यासेजमा बोल्दै मोमोतानी जुनतेन्कानका कर्पोरेट अफिसर र जेनेरल म्यानेजर हिरोशी वादाले भन्नुभयो, “राम्रो र आकर्षक देखिन सबैलाई रहर हुन्छ । हाम्रो मुख्य उद्देश्य भनेको उपभोक्ताहरुको समस्या समाधान गरेर उहाँँहरुलाई खुशी बनाउने हो । हामी भविष्यमा पनि लाफिङ यति ट्रेडिङ प्रा.लि.को माध्यमबाट यस्तै उपयोगी उत्पादनहरु ल्याउने छौँ ।” उद्घाटन कार्यक्रममा बोल्दै लाफिङ यति ट्रेडिङ प्रा.लि.का एक प्रतिनिधि गौरव थापाले भन्नुभयो, “हाम्रा ग्राहकहरु लगायत सम्बन्धित सम्पूर्णबाट अहिलेसम्म प्राप्त भएको सहयोगप्रति हामी आभारी छौँ, र यो लन्च कार्यक्रममा यहाँँहरुको उत्साजनक उपस्थितीको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । जापानको लोकप्रिय ब्रान्डको गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा ल्याउन पाउँदा एकदमै खुशी लागेको छ । हाम्रा यी उत्पादनहरुलाई नेपाली उपभोक्ताहरुले मन पराइदिनुहुनेछ भन्ने अपेक्षा गरेको छ ।”
    मोमोतानी र मेशुकोको गुणस्तरीय उत्पादनहरु दराज अनलाइन शपिङ र काइमोनो जापान अनलाइन स्टोरमा पनि उपलब्ध छन् ।

    प्रतिकृया दिनुहोस्