News Portal

  • एनसेलको डाटासँगै बीमा सेवा प्रदान गर्ने

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७८
    ८८४ पटक
    २५ मंसिर, २०७८

    काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एजियाटाले आफ्नो ग्राहकलाई स्वास्थ्य उपचार बीमा सेवासमेत उपलब्ध गराएको छ ।
    डाटासँगै बीमा पनि अभियानअन्तर्गत हिमालयन जनरल इन्स्योरेन्ससँगको सहकार्यमा डाटा प्याक खरिद गर्ने ग्राहकलाई अधिकतम १० हजार रुपैयाँसम्म उपचार खर्च भुक्तानी दिने गरी प्रवद्र्धनात्मक कार्यक्रम ल्याएको हो । यस योजनाअन्तर्गत एनसेलका ग्राहकले ३ दिनको लागि मान्य हुने १०० एमबि डाटा ३० रुपैयाँमा खरिद गरेपछि दैनिक १ हजार रुपैयाँको दरले अधिकतम १० हजार रुपैयाँसम्म उपचार खर्च दाबी भुक्तानी प्राप्त गर्नेछन् ।
    बीमा अवधि डाटा प्याक लिएको ३० दिनसम्म मात्र कायम रहनेछ । उपचार खर्च दाबी गर्न सम्बन्धित व्यक्ति कम्तीमा एक रात अस्पताल भर्ना भएकै हुनुपर्छ । साथै, यसरी भर्ना भएवापत बढीमा १० दिन वा वास्तविक भर्ना अवधिमध्ये जुन कम हुन्छ, त्यसैको आधारमा दाबी भुक्तानी प्रदान गर्नेछ ।

    प्रतिकृया दिनुहोस्