News Portal

  • प्राइम लाइफको १५.८७ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता
    ११०१ पटक

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित १५.८७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद गरी कूल १५.८७ प्रतिशत लाभांश पारित गरेको हो ।
    उल्लेखित बोनश शेयर वितरण प्रक्रिया पुरा गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७६ हुनेछ । साथै साधारणसभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सात जना सञ्चालकहरुको समेत नियुक्त भएका छन् ।
    कम्पनीले देशभरमा १५० भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई आएको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्