News Portal

  • राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा लिङ्देन निर्वाचित

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७८
    ९१५ पटक
    १९ मंसिर, २०७८

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले एक हजार ८१७ मत प्राप्त गरेका थिए ।
    उनका निकटतम प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त गरेका थिए । निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
    खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।

    प्रतिकृया दिनुहोस्