News Portal

  • लुम्बिनी विकास बैंकको एकै साथ थप नयाँ पाँच शाखाहरुको उद्घाटन

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७८
    १०७४ पटक
    १९ मंसिर, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले मिति आजदेखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ७३औं शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–६ नयाँ बानेश्वर चोकस्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४औं शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम शाखा रुपन्देही, ७५औं शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका–४, बर्दघाट शाखा नवलपरासी, ७६औं शाखाको रुपमा दाङ्ग जिल्ला घोराही उप– महानगरपालिका–१५ वि.पि. चोकस्थित घोराही शाखा दाङ्ग र ७७औं शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका–११ साझा चोकस्थित कोहलपुर शाखा रहेका छन् ।
    यस बिकास बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अन्जु कुमारी गुप्ताले सयुंक्त रुपमा गर्नुभयो । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उप–प्रमुख मायादेवी पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा गर्नुभयो । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले सयुंक्त रुपमा गर्नुभयो । घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गर्नुभयो । साथै, कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रुपमा गर्नुभयो ।

    हाल यस बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरुमार्फत ७७ अर्बको व्यवसाय गरिरहेको छ ।
    यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्