News Portal

  • लुम्बिनी विकास बैंकको १४औं वार्षिक साधारणसभा पुस ९ गते हुने

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७८
    १२३९ पटक
    १७ मंसिर, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंकले पुस ९ गते १४औं वार्षिक साधारणसभा डाकेको छ । बैंकले भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्ने भएको हो । शेयरधनीहरुलाई जुम मिटिङमार्फत जोड्ने बैंकले जनाएको छ ।
    साधारणसभाले सञ्चालक समितिले यस अगाडि पेश गरेको १३ प्रतिशत बोनश शेयर वितरणको विशेष प्रस्तावलाई पारित गर्ने छ । त्यस्तै गत आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने साधारण प्रस्ताव रहेको छ ।
    बैंकको हालको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी तीन अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । यसले गर्दा बैंकको चुक्ता पुँजी अधिकृत पुँजी बढ्ने भएकाले प्रबन्धपत्र संशोधनको प्रस्ताव पनि पेश गरिनेछ ।
    अन्य कुनै उपयुक्त बैंक वित्तीय संस्थाहरु गाभ्ने गाभिने प्रयोजनका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि साधारणभा पेश गरिने भएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर २७ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

    प्रतिकृया दिनुहोस्