काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा दिने भएको छ । बैंकले राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने भएको छ ।
बुधबार यसको लागि बैंक र संस्थानबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले हस्ताक्षर गरेका छन् ।
यो सम्झौताअनुसार बैंकले बीमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ ।
सम्झौतापछि बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने बताएका थिए ।
नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा दिने
आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७८
१५ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान