आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७८
१४ मंसिर, २०७८काठमाडौं । सिद्धार्थ बैंक र विरगञ्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट विरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैकिङ्ग प्रयोग गरी भुक्तानी गरेबापत विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।